News

फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण भेटियो

फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण भेटियो

काठमाडौँ। फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीलाई कोरोना संक्रमण भेटिएकाे छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट १९ वर्षीया युवतीमा कोरोना देखिएको हो।

फ्रान्सबाट गत चैत ४ गते आएकी ती नेपाली महिलामा कोरोना संक्रमण देखिएको पुष्टि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे  छ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेका हुन्।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै चैत ४ गते काठमाडौं आएकी ती नेपाली महिलाको स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हाे ।

उनी फ्रान्सबाट फर्किएर होम क्‍वारेन्टाइनमा बसेकी थिइन्। होम क्‍वारेन्टाइनमा बसेपछि स्वास्थ्य जाँचका लागि उनी टेकु अस्पताल पुगेकी थिइन्।

यसअघि अर्का नेपाली नागरिकलाई कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि ठीक भइसकेका छन्।

थप यस्तै सामाग्री पढ्नको लागि तलको पेज लाईक गर्नुहोसः

कोरोना नेपाली युवती

विशेष