तपाईको हातमा पनि छ प्रेम विवाह रेखा ? जान्नुहोस्, यससँग जोडिएका केहि रोचक पक्षहरु
मानिसको भविष्यको निर्धारण कतिपय अवस्थामा हस्तरेखा हेरेर पनि गर्ने गरिन्छ। हस्तरेखा विज्ञानका अनुसार अधिकतम मानिसको हातमा बिवाह रेखा हुने गर्छ तर यस मध्ये कतिपयको हातमा प्रेम विवाहको रेखा हुन्छ। आउनुहोस जानौं यससँग सम्बन्धित केहि रोचक कुराहरु
-विवाह रेखा कान्छी औंला भन्दा मुनिको भागमा हुन्छ। यस क्षेत्रलाई बुध पर्बत भनिन्छ। बुध पर्बतको अन्त्यमा एउटा गाढा रेखा हुन्छ जसलाई बिवाह रेखा भनिन्छ।
-कुनै पनि मानिसको हातमा यस रेखाको संख्या जति हुन्छ त्यति नै प्रेम प्रसंग हुन्छ। यदि यो रेखा काटिएको या बीचबाट टुटेको छ भने सम्बन्ध बिच्छेदको सम्भावना हुन्छ। साथमा यो रेखाले बैवाहिक जीवन कस्तो रहन्छ भन्ने पनि बताउछ।
-यदि रेखा तलतिर झुकेको छ भने वैवाहिक सम्बन्धमा समस्या आउछ। यदि विवाह रेखाको शुरुमा दुईवटा शाखाहरू छन् भने विवाह टुट्ने हुने डर हुन्छ।
-यदि कुनै स्त्रीको हातमा बिवाह रेखाको आरम्भमा द्वीप चिन्ह छ भने उसको बिवाह धोखासंग हुने संकेत गर्छ। यदि बुध पर्बतबाट आएको कुनै रेखा काटिएको छ भने उक्त व्यक्तिको वैवाहिक जीवन समस्याग्रस्त हुन्छ।
-यदि विवाह रेखा रिङ्ग फिंगर (अनामिका) मुनि सूर्य रेखामा गएको छ भने त्यो व्यक्ति विवाह विशिष्ट व्यक्तिसँग हुन्छ।
प्रेम विवाह रेखा