भाइरस फैलाएको भन्दै चिनियाँ विद्यार्थीहरू जातीय तिरस्कारको सिकार भएपछि ...
धेरै भन्छन कि कोरोनाभाइरसको संकट र बढ्दो जातीय तिरस्कार हेर्दा बेलायत भन्दा चीन नै सुरक्षित
भाइरसको फैलावटलाई रोक्न सक्ने ब्रिटिश सरकारको क्षमतामाथि आंकशा गर्दै एवम मास्काफोबियाले पैदा गरेको जातीय हमलामा भएको वृद्धिका कारण बेलायतमा अध्ययनरत चिनियाँ विद्यार्थीहरू धमाधम स्वदेश फर्कन थालेका छन् ।
धेरै विद्यार्थीहरू पहिले नै फर्केका छन् भने धेरै विद्यार्थीहरु घट्दो फ्लाइट संख्या र बढ्दो भाडाका विच टिकट बुकिंगका लागि तछाडमछाड गरिरहेका छन् । केहिले स्वदेश फर्किन निजी जेट समेत बुक गर्ने कोशिश गरिरहेका छन् ।
म्यान्चेस्टर युनिभर्सिटीका पीएचडी विद्यार्थी ताओ वांगले भने की बेलायतलाई कोराना भाइरसले यतिको छिटो चपेटमा पारेको देखेर म आश्चर्यचकित छु । धेरै चिनियाँ विद्यार्थी अब चीन फर्किरहेका छन् र मलाई पनि यसबारे निर्णय लिन गाह्रो परिरहेको छ ।
वांगले चिनियाँ विद्यार्थीहरुलाई बेलायतको भन्दा चीन नै सुरक्षित रहेको विश्वास रहेको बताए र उनीहरुका परिवारले उनीहरुलाई फर्कन आग्रह गरिरहेको पनि जानकारी दिए । उनले थपे, “मलाई लाग्छ कि मानिसहरुलाई बेलायत सरकारको तयारी र व्यवस्थापनमाथि शंका छ किनकी यहाँ अहिले सम्म हात धुने जस्ता नरम उपायहरू मात्र अपनाइएको देखियो जबकी एक चिनियाँ विद्यार्थीको रूपमा हामिले कठोर उपायहरूको अपेक्षा गर्छौ ।
चिनियाँ विद्यार्थीहरूमाथि कोविड १९ कै कारण जातीय आक्रमणमा वृद्धि भएको पनि उनीहरु बताउछन् जुन खासगरी मास्क लगाएर हिड्नेहरुमाथि लक्षित हुन्छन् ।
सिटी यूनिवर्सिटी लन्डनमा समाजशास्त्र अनुसन्धान सहयोगी यिनक्सुआन हुआंगले बेलायतका चिनियाँ ईसाई समुदायहरूमाथि अनुसन्धान गरिरहेछन जसले कोरोनाभाइरसको संकट दौरान चिनियाँ विद्यार्थीहरूलाई सहयोग गर्दै आएका छन् । उनी भन्छन् की प्राय जसो जातीय आक्रमणहरुका कारण माक्सफोवियाका हो अर्थात् बेलायतीहरु माक्स देख्दा उतेजित हुन थालेका छन् र कतिपय माक्सधारी चिनीयाँलाइै भाइरस भनी बोलाएर तिरक्कार समेत गर्न थालेका छन् ।
धेरै चिनीयाँ विद्यार्थीहरु मास्कको मुद्दा बेलायतमा हालसम्मको सबैभन्दा ठूलो सांस्कृतिक झटका भएको महसुस गर्छन् । उनीहरू अहिले दुई छनौटहरू दुविधामा परेका छन् । माक्स लगाउदा जातीय आक्रमणमा परिने डर र नलगाउदा कोरोनाभाइरसको डर छ ।
म्यानचेस्टर युनिभर्सिटीका एक २४ वर्षीया चिनियाँ स्नातकोत्तर विद्यार्थीले शहरको बीचमा साथीसँगै किनमेल गर्दै गर्दा घटेको घटनाको वर्णन गर्दै भने की हामी दुवैले अनुहारमा मास्क लगाएका थियौं र जब हामी सडक पार गर्दै थियौं, एउटा कार नजिकै आएर रोकियो ।
“सुरुमा मैले सोचें कि हुन सक्छ कि उनीहरूले अन्य सभ्य ड्राइभरहरू जस्तै हामीलाई पहिले जान दिनका लागि गाडी रोकेका हुन् । तर यसको उल्टो उनीहरुले हामिमाथि छिंकेर हास्दै गए । मेरा धेरै चिनियाँ साथीहरूले हालसालै यस्तै विभेदको अनुभव गरेका छन् जसले हाम्रो विदेश अध्ययनमा धेरै नराम्रो प्रभाव पारिरहेको छ। ”
म्यानचेस्टरकै पनि बसिरहेको एक २४ बर्षीय चिनियाँ स्नातकोत्तर विद्यार्थीले भने की चिनियाँ विद्यार्थीहरू अब घरमै बस्छन् र शपिंगमा जानु भन्दा पनि अनलाईन अर्डर गरिरहेका छन्। “हामीलाई कोरोनाभाइरससँग मात्र नभई जातिवादी हिंसाले त्रसित बनाएको छ । मलाई बेलायतमा बाहिरी मानिस हुँ जस्तो लाग्यो र अब मैले थाहा पाए कि बेलायतीहरुले हामीलाई स्वागत गर्दैनन् । विविधताको कुरा मजाक जस्तो लाग्न थालेको छ ।
बेलायतका विश्वविद्यालयहरूले हालका वर्षहरूमा चीनबाट विद्यार्थीहरूको बढ्दो संख्यालाई सहजै स्वीकारेका थिइ । उच्च शिक्षासम्वन्धी एक तथ्यांक एजेन्सीका अनुसार गत बर्ष पहिलो पटक बेलायतमा भर्ना हुने विद्यार्थीको संख्या १ लाख २० हजार माथि पुगेको थियो ।