News

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको शुभकामना दिएका हुन् ।

मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गरेका छन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक मृगौलाको शल्यक्रिया गर्नका लागि आज अस्पताल भर्ना हुँदै छन् । उनको बुधबार मृगौलाको प्रत्यारोपण गरिदैछ । 

केपी शर्मा ओली नरेन्द्र मोदी स्वास्थ्य लाभ

विशेष