टोकियो ओलम्पिक एक वर्ष पर सर्यो
जापानको टोकियोमा यही जुलाईबाट हुने ओलम्पिक प्रतियोगिता एक वर्ष पर सरेको छ ।
यही जुलाई २४ देखि अगष्ट ९ तारिखसम्म जापानको टोकियोमा हुने ओलम्पिक प्रतियोगिता अब अर्को वर्ष हिउँदमा हुनेछ । मिति भने तय हुन बाँकी छ ।
जापानका प्रधानमनत्री शिन्जो आबेले अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाचसँग ओलम्पिक खेल एक वर्ष पर सार्न प्रस्ताव गरेको र त्यसमा आईओसीले समर्थन जनाएको बताए ।
सन् २०२१ मा आयोजना हुने भएपनि यो ओलम्पिकलाई टोकियो २०२० नैं भनिनेछ ।
टोकियो ओलम्पिकको आयोजक कमिटी र आईओसीले संयुक्त वक्तव्य जारी गर्दै विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीले ओलम्पिक गराउन सम्भव नभएकोले कम्तिमा एक वर्षका लागि सारिएको जनाएका छन् ।
यसअघि क्यानडा, अष्ट्रेलिया र बेलायतले निर्धारित मितिमै ओलम्पिक आयोजना गरे आफ्नो देशको टोली नपठाउने घोषणा गरेका थिए ।