News राजनीति

लकडाउन पर्याप्त भएन, आवश्यक कदम चाल : मोहन वैद्य

लकडाउन पर्याप्त भएन, आवश्यक कदम चाल : मोहन वैद्य

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रानितकारीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन मात्र पर्याप्त नभएको भन्दै सरकारलाई आवश्यक कदम चाल्न सुझाव दिएको छ । महासचिव मोहन वैद्यले बुधबार विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो सुझाव दिएका हुन् । 

महासचिव वैद्यले अहिलेसम्म नेपालमा तीन जनामा मात्र कोभिड–१९ को सङ्क्रमण भएको घोषणा गरिएपनि यस बीचमा बाहिरबाट थुप्रै मानिस भित्रिएका र ती मध्ये धेरै मानिस सङ्क्रमित हुन सक्ने भएकाले यो बेला राज्यको ध्यान सङ्क्रमितहरुको पहिचान गर्न व्यापक परीक्षण गर्ने, तिनलाई अनिवार्य रुपमा क्वारेन्टाइन र आइसोलेशनमा राखी सङ्क्रमणको विस्तार हुन नदिने, सङ्क्रमितहरुको उपचार गर्ने र उपचारमा संलग्न डाक्टर तथा नर्सहरु लगायत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुलाई सङ्क्रमणबाट बचाउन आवश्यक सामग्रीको आपुर्ति गर्ने काममा केन्द्रित हुन’ जरुरी रहेको जनाएका छन् ।

वैद्यले सङ्क्रमणलाई विस्तार हुन नदिन सरकारले गरेको देशैभरी लक डाउनको निर्णय सही भएपनि त्यो पर्याप्त नभएको भन्दै यो स्थितिमा लक डाउन गर्ने निर्णयलाई निर्वाध रुपमा कार्यान्वयन गराउन र आवाश्यक उपकरण जुटाउन सरकारसँग माग गरेका छन् ।

सोे पार्टीले महामारीका बेला भ्रष्टाचारी, काला बजारिया, दलाल, माफिया, बिचौलिया र नाफाखोरहरुले औषधि, खाद्यान्न र इन्धन जस्ता दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाब सिर्जना गरी अनुचित फाइदा उठाउन खोजेको जनाएको छ । साथै थुपै्र श्रमजीवि मजदुरहरु वेरोजगार हुन गई तिनको रोजीरोटीको समस्यगम्भिर बन्न सुझाव दिएकोे छ ।

 

विशेष