News

कस्तो छ आगामी तीन दिनको मौसम?

कस्तो छ आगामी तीन दिनको मौसम?

काठमाडौंः मार्च सुरु भएसँगै नेपालमा नयाँ मौसम सुरु भएको छ । ‘विन्टर’ अर्थात् हिउँदे याम सकिएर प्रि–मनसुन सुरु भएको हो । मौसमविद्का अनुसार आइतबारबाट औपचारिक रूपमा प्रि–मनसुन सुरु भएको हो । वर्षा याम लाग्नु अगाडिको तीन महिना अर्थात् मार्च, अप्रिल र मेलाई प्रि–मनसुन भनिन्छ । त्यसपछि वर्षा याम सुरु हुन्छ ।

प्रिमनसुनको अवधिमा वर्षासँगै हावाहुरी आउने तथा चट्याङ पर्ने सम्भावना बढी हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाका अनुसार प्रि–मनसुन अवधिमा हावाहुरी, चट्याङको जोखिम हुने भएकाले दैनिक मौसमको जानकारी राखेर होसियार अपनाउनु उत्तम हुन्छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १९ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। पूर्व पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

फागुन २० गते (मंगलबार)

दिउँसोः देशको पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २१ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

 

मौसम पूर्वानुमान

विशेष