News

डा. ज्ञवालीको टोलीले प्रधानमन्त्री ओलीको मृगाैला प्रत्यारोपण गर्ने

डा. ज्ञवालीको टोलीले प्रधानमन्त्री ओलीको मृगाैला प्रत्यारोपण गर्ने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीको टोलीले गर्ने भएको छ । टोलीमा युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि सहभागी हुने छन्।

बुधबार हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने छन् । डाक्टर ज्ञवालीका अनुसार प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय दिउँसो ३ बजे बस्ने बैठकले लगाउने छ । उनले भने, ‘हामीले विदेशी डाक्टर बोलाए पनि उहाँहरुले प्रत्यारोपण गर्ने होइन, केही भवितव्य आएमा पूर्वतयारीको लागि स्ट्याण्ड बाई राख्ने हो ।’

प्रधानमन्त्री ओलीको प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मृगौला प्रत्यारोपणमा संलग्न थिए । डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ । प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राखिन्छ।

मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल केपी शर्मा ओली

विशेष