News

पाकिस्तानी गुप्तचर संस्थासँग आफ्नो समूहको सम्बन्ध रहेको तालिबानी अधिकारीको खुलासा

पाकिस्तानी गुप्तचर संस्थासँग आफ्नो समूहको सम्बन्ध रहेको तालिबानी अधिकारीको खुलासा

काबुल । तालिबानका एक अधिकारीले मीडियालाई लखेको पत्रमा पाकिस्तानी गुप्तचर संस्था(आईएसआई)सँग आफ्नो समूहको सम्बन्ध रहेको खुलासा गरेका छन् । 
‘मलाई अमेरिकाले कतारको शान्ति बैठकको लागि आमन्त्रित गरेको थियो । दुर्भाग्यबस जब म त्यहाँ गए, स्थिति क्वेटा र पाकिस्तानभन्दा पनि खराब पाए किनकि तालिबानका प्रतिनिधिहरुबीच आईएसआई अझै पनि सक्रिय थियो । अगाडी त कÞतारस्थित तालिवानको राजनीतिक कार्यालयको प्रमुख मुल्ला बरादर देखिनुहुन्थ्यो तर पर्दा पछाडिबाट आईएसआईले हरेक कदममा सहभागी थियो । तालिबानी प्रतिनिधिहरु पनि आईएसआईको पक्षमा रहन एक–अर्का बीच प्रतिस्पर्धा गरिरहेका थिए ।’ पत्र मा उल्लेख छ ।

उक्त अधिकारीले पत्रमा यो पनि उल्लेख गरेका छन् कि आईएसआईको पहुँच  तालिबानी राजनीतिक कार्यालयको प्रत्येक सदस्यसँग थियो र तालिबानी प्रतिनिधिहरु कतारस्थित पाकिस्तानी दूतावासभित्र स्वतंत्र रूपमा हिडडुल गरिरहेको भेटिन्थ्यो ।  उनले पत्रमा कार्यालयका सदस्यहरु एक–अर्काको विरुद्ध आईएसआईको लागि जासूसी पनि गर्ने गरेको पनि खुलाएका छन्  । केही  छात्रवृत्ति र पाकिस्तानी परिचय पत्रको बदलामा आईएसआईले तालिबानी समुहको सबसे राम्रा व्यक्तिहरुलाई पनि आफ्नो जासुस बनाएको उनको आरोप छ  ।

पत्रमा अगाडी लेखिएको छ कि तालिबानका सदस्यहरु भ्रष्टाचार र धोखाधड़ीबाट मुक्त छैनन् । तालिबानका प्रतिनिधि आफ्ना नातेदारहरुलाई  आफुसँग ल्याई कतार कार्यालयमा जागिर खुवाउ थियो ।

अमीर खान मोत्ताकी आईएसआईमाथि ठुलो प्रभाव भएका व्यक्ति हुन् । उनी आईएसआईको मुख्य खम्बाहरुमध्ये एक आईएसआईको रक्षक को रुपमा चिनिन्छन् । म शान्ति समझौतामा हस्ताक्षर भएको एक दिन पहिले कतार पुगेको थिए । मलाई एक पार्टीको आमन्त्रण थिए । पार्टीको केही बेर पहिले मलाई मुल्ला बरादरको फोन आयो । त्यस फोनमा मैले मोत्ताकीलाई  पनि सुन्न सकिरहेको थिए जसले वरादरलाई कतारस्थित तालिबानी अधिकारीहरुलाई आइएसआइका जनरलहरु फैजÞ र हसनलाई सो पार्टीमा बोलाउनका निर्देशन दिन भनिरहेका थिए । बारादारले त्यसपछि कार्यालयका कर्मचारीहरुलाई बोलाएर उक्त आईएसआई जनरलहरुलाई निमन्त्रण गर्ने बारे चर्चा गरेका थिए ।  चर्चा पार्टी शुरू नहुञ्जेलसम्म चल्यो । तर कतारी अधिकारीहरुले उनलाई आश्वासन दिए कि यो खुफिया बैठक नभएर राजनीतिक बैठक हो र यसमा पाकिस्तानको तर्फ विदेश मंत्री शाह महमूद सहभागी हुनेछन् ।
पत्रमा थप भनिएको छ कि शान्ति समझौतामा पहिले शेर मोहम्मद अब्बास स्टानिकजाईले हस्ताक्षर गर्ने निधो भएको थियो तर आईएसआइले उनलाई बदलेर हस्ताक्षरकर्ताको रुपमा ंबारादारलाई राखिदिएको थियो । 

शान्ति समझौतामा हस्ताक्षर हुुनभन्दा केही घन्टा पहिले मात्र मौलवी शहाबुद्दीन अट्टाल ने संवाददाताहरुलाई बताए कि सम्झौतामा बारादारद्वारा हस्ताक्षर गरिने छैन तर बारादारलाई इस्लामाबादबाट एक फोन आयो र उनलाई भनियो कि समझौतामा कुनै पनि हालतमा स्टानिकजाईद्धारा हस्ताक्षर हुनु हुदैन । कारण उनको आईएसआई जनरल असीमका साथ मौखिक विवाद थियो र उनी पहिले अफगान सेनामा कार्यरत थिए एवम् भारतमा ंप्रशिक्षित थिए । त्यस लगतै बारादारले स्टानिकजईलाई फोन गरेर उनी आफैले समझौतमा हस्ताक्षर गर्ने बारे बताए । 

शान्ति समझौताको दुई दिन पछाडि आईएसआईको प्रमुख आएर बारादारलाइे बधाई दिएका थिए ।

विशेष