गरीब देशलाई सहयोग गर्न राष्ट्रसंघको अपिल
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले कारोना भाइरसको संक्रमणका कारण गरीब मुलुकहरुका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको बताएका छन् ।
कोरोना भाइरसको महामारी लगातार बढ्दै गएसँगै राष्ट्रसंघका महासचिवले मानवीय सहायताको रुपमा २ अर्ब डलर सहयोगको अपिल समेत गरे ।विकासोन्मुख मुलुकहरुमा यो भाइरसको जोखिम बढी रहेको भन्दै महासचिव गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे ।
चीनबाट सुरु भएको यो भाइरसबाट अहिलेसम्म विश्वका एक चौंथाई मानिस संक्रमित भएको बताइएको छ । समयमै उपचार गरेमा यो निको हुने र संक्रमणको सख्या पनि कम हुने बताइएको छ । चीनले संक्रमित बिरामीको उपचारमा कडाई गरेका कारण अहिले त्यहा निकै कम भएको छ ।