News खेल

नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित

नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने दाेस्रो चरणको सिरिज स्थगित भएकाे छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नामिबियामा हुने सातौं चरणको सिरिज स्थगित भएकाे जनाएकाे छ ।

सिरिजमा नेपाल सहित घरेलु टोली नामिबिया र स्कटल्याण्ड सहभागी हुने तय थियाे । आईसीसीले विज्ञप्ति जारी गर्दै जुन ३० भन्दा अघि रहेका सबै प्रतियोगिता सरेको जानकारी दिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सबै प्रतियाेगिता सारिएकाे आईसीसीले जनाएको छ । यसअघि, लिग–२ अन्तर्गत दोसो तथा सातौं चरणको खेल अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तालिकामा उल्लेख थियाे । 

आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएको छ । तर, मिति भने केही समय पछिनै घोषणा हुनेछ ।

यस्तै लिग–२ अन्तर्गतकै पपुपा न्युगिनीमा हुने तय भएको नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज समेत स्थगित भएको छ । सिरिज ९ देखि १६ जुनसम्म हुने तालिका रहको थियो । 

यसअघि छैटौं चरणको लिग समेत कोरोनाको प्रभावका कारण सरेको थियो ।

लिग–२ प्रतियोगिता सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने सुनौलो अवसर हो । जहाँ ७ राष्ट्रले ३४ एकदिवसीय अन्तराष्ट्रिय म्याच खेल्ने गर्छन् । तालिकाको शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् ।

नेपालले एक सिरिजमा ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ ।

विशेष