News राजनीति

सांसद तामाङद्वारा प्रतिनिधि सभामा गाँजा विधेयक दर्ता

सांसद तामाङद्वारा प्रतिनिधि सभामा गाँजा विधेयक दर्ता

काठमाडौंः गाँजा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । आज प्रतिनिधि सभाको विधेयक शाखामा सांसद शेर बहादुर तामाङले गाँजा विधेयक दर्ता गरेका हुन् । तामाङले दर्ता गराएको गाँजा विधेयक नयाँ संविधान जारी भएपछिको पहिलो गैरसरकारी विधयेक हो ।

विधेयक दर्ता गरेपछि आफ्नो धारणा राख्दै सांसद तमाङले गाँजा खेतीलाई खुल्ला गरेमा विदेसिएका नेपाली स्वदेश फर्कने र विदेशमा गाँजा निर्यात गरी मुलुकको आयआर्जन बढाउन सकिने बताए ।  

उनले गाँजा बहुउपयोगी बनस्पति भएको भन्दै नेपालमा गाँजा खेतिलाई कसूर नहुने व्यवस्था गरी नियन्त्रित गाँजा खेति गर्ने व्यवस्था गर्न आवश्यक रहेकाले यो विधेयक दर्ता गरेको जाकारी दिएका छन्। नेपालमा खेती गरिने गाँजा अन्य मुलुकको भन्दा उच्च स्तरको रहेको मान्यता रही आएको तामाङको दाबी छ।

‘गाँजाको उपयोग औषधि निर्माण तथा यसको बोक्राको रेसाबाट कपडा लगायतका समाग्रीको उत्पादन गर्न सकिने र डाँठको फर्निचर, वोर्ड तथा इट्टासमेतको लागि उपयोगि हुनसक्ने गुण रहेको छ’ तामाङले विधेयक पेश गर्ने क्रममा भनेका छन् ।, ‘गाँजा वा भाँगको दाना अचार खानाको लागि वा तेल निकाली प्रयोग गर्ने गरी खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिनका साथै औषधीय गुण युक्त मह उत्पादन समेत हुनेछ ।’ 

गाँजा खेतीबाट हरियाली वातावरण भइ जलवायु परिवर्तनलाई न्यून गर्न समेत सहयोग पुग्ने, किसानको आर्थिक स्तरमा सुधार ल्याउन सकिने जस्ता अनेकौं फाइदा रहेका उनले जानकारी दिएका छन् ।  

गाँजा विधेयक विधेयक दर्ता

विशेष