News

विमानस्थलमा यसरी जाँचियो पूर्वराजदम्पतीको तापक्रम

विमानस्थलमा यसरी जाँचियो पूर्वराजदम्पतीको तापक्रम

काठमाडौंः विश्वका विभिन्न देशमा कोरोनाभाइरस फैलिएपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सतर्कता बढाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले विदेशबाट आउने विमानको संख्या घटेको भए पनि दैनिक औसत ७ हजार यात्रुको परीक्षण हुने गरेको अधिकारीहरूले बताएका छन्।

भारतबाट फर्किएका पूर्वराजदम्पतीको परीक्षण गरिएको भिडिओ अहिले सामाजिक सञ्जालमा देखा परेको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल आइतवार नयाँ दिल्लीबाट नेपाल फर्किएका हुन् ।

सुरुमा चीन, थाईल्यान्ड, मलेशिया, सिङ्गापुर र दक्षिण कोरियाबाट आउने यात्रुको परीक्षण गरिएको भए पनि अहिले अन्य देशबाट आएका मानिसहरूको पनि परीक्षण गर्न थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतवारदेखि ‘थर्मल गन’ नामक उपकरण प्रयोग गरेर सबै यात्रुको शरीरको तापक्रम जाँच्न थालिएको तथा उनीहरूको शरीरमा लिक्विड स्यानिटाइजर एजेन्ट स्प्रे गर्ने व्यवस्था मिलाइएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जनाएका छन् । 

ज्ञानेन्द्र मल्ल कोरोनाभाइरस

विशेष