News

विप्लव नेकपा निकट शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

विप्लव नेकपा निकट शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

जनकपुरधामः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्षलाई पक्राउ गरिएको छ । 

मिथिला बिहारी नगरपालिका–३ घर भएका ५० वर्षीय उपाध्यक्ष गौरीनारायण मण्डललाई धनुषाबाट पक्राउ गरिएको हो ।

प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनलाई आइतबार राति १२ बजेतिर धनुषा कै गणेशमान चारनाथ नगरपालिका–५ स्थित सुखवनी खोलाबाट पक्राउ गरेको प्रहरी निरीक्षक अवधेश यादवले जानकारी दिए ।  

प्रहरीका अनुसार संगठित अपराध, बम बिस्फोट तथा कर्तव्य ज्यान मुद्दाका उनी फरार प्रतिवादी हुन् ।

प्रहरीका अनुसार झण्डै तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी गराइएको बम बिष्फोटमा उनको संलग्नता रहेको छ । 

नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ गौरीनारायण मण्डल

विशेष