News विदेश

कोरोना संक्रमणपछि रुसमा पनि एकहप्ता लकडाउन

कोरोना संक्रमणपछि रुसमा पनि एकहप्ता लकडाउन

रुसमा एकहप्ते लकडाउन सुरु भएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप रुसमा लकडाउन सुरु भएको हो ।

रुसले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर लकडाउन सुरु गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई ‘नन–वर्किङ्ग वीक’ का रुपमा परिभाषित गरेका छन् । सरकारले सर्वसाधारणलाई घर भित्रै बस्न आग्रह गरेको छ ।

अहिले एक हप्ताका लागि लागु भएको लकडाउन अप्रिल पाँच भन्दा पछि पनि कायम रहेने सम्भावना रहेको सरकारी अधिकारीले उल्लेख गरेका छन् । रुसमा अहिलेसम्म एक हजार ३६ जनामा संक्रमण पुष्टि भएका छ। रुसमा अहिलेसम्म चारजनाको मृत्यु भएको छ ।

विशेष