News खेल

पाँच दिनमा ३ खेल खेलाउने

पाँच दिनमा ३ खेल खेलाउने

इन्ग्लिश प्रिमियर लिग र इन्ग्लिश फुटबल लिगले कोरोनाको कारण स्थगित लिग सुचारु भएपछि पाँच दिनमा ३ खेल खेलाउने तयारी गरेको छ ।

आगामी जुन ३० सम्म यस सिजन सक्ने लक्ष्यसहित प्रिमियर लिगले पाँच दिनमा ३ खेल खेलाउने तयारी गरेको डेलीमेलले जनाएको छ ।

चीनबाट फैलिएको कोरोनाको कारण इन्ग्लिश फुटबल अप्रिल ३० सम्म स्थगित गरिएको छ । त्यसपछि लिग सुचारु भए पाँच दिनमा ३ खेल खेलाएर भएपनि सिजन सकाउने तयारी भएको हो ।

पाँच दिनमा ३ खेल भए खेलाडीले निराशाजनक तालिकाको सामना गर्नु पर्ने हुन्छ । यस्तै खेलाडीले सर्वाधिक चोट बोक्ने सम्भावना समेत रहेको छ । तर, सिजन समाप्तका लागि प्रिमियर लिगले यस निर्णय लिने बताईएको छ ।

यस्तै प्रिमियर लिग र ईएफएलले बाँकी खेलहरु बन्द रंगशालामा खेलाउने समेत जनाएको छ ।

यस सिजन प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा रहेको छ । लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ ।

प्रिमियर लिगको आधुनिक युगको सुरुवात भएपछि लिभरपुल पहिलो पटक उपाधिको संघारमा रहेको छ ।

यस्तै म्यानचेस्टर सिटी ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

विशेष