News Breaking News

नेपालगञ्जमा दुर्घटना भएको जहाजमा पहिले देखि नै समस्या थियो 

नेपालगञ्जमा दुर्घटना भएको जहाजमा पहिले देखि नै समस्या थियो 

कोभिड–१९ संक्रमणको आशंका गरिएको बिरामीहरुको स्वाब संकलनका लागि काठ्माडौंमा उडेको नेपाल एयरलाईन्सको दुर्घटनाग्रस्त वाइ १२ ई जहाजमा पहिले देखी नै समस्या रहेको पाइएको छ । 

आज नेपालगञ्जको धावनमार्गमा ल्याडिंड गर्ने क्रममा दुर्घटना भएको जहाज १७ सिट क्षमताको त्यहीँ वाइ १२ ई मोडेलको जहाजहरु मध्येको एक हो जसलाई चीनबाट खरीद गरी ल्याई पाँच बर्ष थन्काएर राखिएको थियो । उक्त मोडेलको जहाज चलाउन प्रशिक्षित पाइलटको अभावलगायत अन्य प्रशासनीक र प्राविधिक कारणले उक्त जहान लामो समयसम्म प्रयोगमा आउन सकेको थिएन ।

सन् २०१४ मा चीनबाट किनिएको उक्त जहान सन् २०१९बाटमा उडाउन थालिएको हो । लामो समयसम्म सो बिमानहरु थन्किदा नेपाल एयरलाइन्स घेरै ठुलो घाटा व्र्योहनु परेको थियो । 

प्रशिक्षित पाइलटको अभावसँगै यो जहाजको गुणस्तरमा पनि पहिले नै समस्या औल्याइएको थियो । यस जहाजले क्षमताले नेपाल नागरिक उडड्यन प्राधिकरणले तोकेको ल्यान्डिंग सम्वन्धी मापदण्ड पुरा गर्न पनि भ्याउदैन्यो । प्राधिकरणको मापदण्ड अनुसार यस खालको कुनै पनि जहाज अवतरण गर्दा विमानस्थलमा १.२ डिग्री गे्रडियेन्टभन्दा माथि उड्न पाउदैन् तर यो जहाजले भने सो मापदण्ड पुरा गर्न सकिदैन्थ्यो । त्यसकारण यस जहाजलाई सिमरा र पोखरा बिमानस्थलसम्म मात्र उडाइन्थ्यो । तर आज यस जहाजलाई अन्यन्त्र उडाउन खोज्दा दुर्घटनामा पर्न पुग्यो । यसबारे सरकारले विना अध्ययन अनुसन्धान उक्त जहाज खरीद गरिएको जस्तो देखिन्छ । यस मोडेलका जहाजको खरीदको तरिका र औचित्यबारे पहिले देखी नै विवादमा थियो । यद्यपि सुखद पक्ष के हो भने जहाजको दुर्घटना कुनै मानवीय क्षति भने भएन ।

विशेष