News

विश्वसनीयतामा प्रश्न उठेपछि चीनबाट नेपाल पठाउने भनिएको कोभिड–१९ परीक्षण किट बाटोमै रोकियो

विश्वसनीयतामा प्रश्न उठेपछि चीनबाट नेपाल पठाउने भनिएको कोभिड–१९ परीक्षण किट बाटोमै रोकियो

काठमाडौँ । विश्वसनीयतामा प्रश्न उठेपछि नेपाल ल्याउन लागिएको चीनमा उत्पादित कोभिड–१९ परीक्षण किट बाटैमा रोकिएको छ ।

गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरस (कोभिड–१९)को परिक्षण गर्न मिल्ने किट नेपाली दूतावासलाई उपलब्ध गराएको थियो । सो किटहरु आईतबार काठमाडौं आईपुग्ने तोकिएको थियो तर शनिबार तिब्बतको ल्हासामा मै रोकिएको छ । चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले उक्त किटहरु निर्यातयोग्य नरहेको भन्दै ल्हासामै रोकिदिएको छ ।

चीनियाँ किटहरु ३० प्रतिशत विरामीको मात्रै सही पहिचान गर्न सकेको र संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको भन्दै  स्पेनले चिनियाँ किटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । स्पेन आयात गरिसकेको किटहरु फिर्ता पठाउने निर्णय समेत गरिसकेको छ । यसअघि चीनले चेक रिपब्लिकमा पठाएको किटहरुले पनि सही नतिजा नदिएको पाइएको थियो । 

नेपाल ल्याउन लागिएको सो किटहरु ल्हासामै रोकिएपछि नेपालमा कोरोना परीक्षण किटहरुको अभाव हुने भएको छ  ।

विशेष