मुस्लिम राष्ट्रहरुलाई जोखिममा राख्दैं पाकिस्तानले हालसालै धार्मिक भेलाको अनुमति दिएको थियो
कोभिड–१९ को संक्रमणमा ईरानभन्दा पनि खराब अबस्था रहेको पाकिस्तान सरकारले लाहौरमा एक धार्मिक भेला गर्ने अनुमति दिएर लाखौंको ज्यान जोखिममा राखेको छ । स्थानीय तेबेगी जमातलाई पाकिस्तान सरकारले मार्च १३ देखी १५ सम्म धार्मिक भेला आयोजना गर्ने अनुमति दिएको थियो । उक्त भेलामा विश्वका विभिन्न भागबाट लाखौं मुस्लिम श्रद्धालु भेला हुने अपेक्षा गरिएको थियो भने करीव साढे २ लाख मुस्लिक श्रद्धालुहरु भेला हुनु पुर्व नै लाहौर पुगिसकेका थिए ।
इरान र साउदी अरेबिया जस्ता देशहरूले धार्मिक जमघटमा प्रतिबन्ध लगाइरहेको बेला पाकिस्तानले उक्त भेला आयोजना गर्ने अनुमति दिएर लाखौं मुस्लिमहरुको जीवनमा जोखिममा राखेको भन्दै पाकिस्तानी प्रधानमन्त्री ईमरान खानको चौतर्फी आलोचना भईरहेको छ ।
आइतवार गाजा पट्टीले कोरोनाभाइरसको पहिलो दुई घटनाहरू देखा पर्यो । यी दुई प्यालेस्टिनी पुरुषहरू सोही भेलाका लागि पाकिस्तान गएर फर्केका थिए ।
पाकिस्तानले १३०० भन्दा बढी व्यक्तिमा संक्रमण देखिसकिएको छ तर सरकारले हालसम्म नियन्त्रणतर्फ कुनै कदम चालेको छैन् । पाकिस्तानी पत्रकार कुँवर खुलदुने शाहिदले पाकिस्तान विश्वमा कोभिड–१९ को ‘सुपर–स्प्रेडर’ बन्ने खतरा औल्याएका छन् ।
शाहिदले पाकिस्तान सरकारले विचित्रतापूर्वक ब्यबहार गरिरहेको आरोप लगाउँदै शुक्रवारको प्रार्थनाको लागि एउटै जम्मा हुने करोडौंको बीचमा कोरोना प्रसार कुन गतिमा भएको होला भन्ने कल्पना समेत गर्न नसकिने बताए ।
ईरानले साप्ताहिक शुक्रबारको प्रार्थना रद्द गरेको थियो र सउदी अरबले फेबरुअरीको अन्त्यमा नै उमरा यात्रालाई स्थगित गरेको थियो तर पाकिस्तान सरकारले भने देशको दोस्रो ठुलो जनसंख्या भएको शहरमा लाखौं मानिस भेला हुने इज्जितमा गर्ने अनुमति दिएको थियो ।
तथापी भेला हुने भनिएको दिनभन्दा एक दिन पहिले मार्च १२मा आयोजकले सम्मेलन रद्द गरेको थियो तर सम्मेलन रद्द हुने घोषणा हुञ्जेलसम्म लगभग २ लाख ५० लाख मानिसहरू लाहौरमा भेला भईसकेको थियो । यद्यपि भेला रद्द गरिनुको कारण कोरोना महामारी नभई बर्षा हुने पुर्वानुमान थियो ।
इरानले पवित्र शिया स्थलहरु बन्द गरेको बेला र साउदी अरेबियाले इस्लामका दुई अति पवित्र मस्जिदहरूमा प्रार्थना गर्न प्रतिबन्ध लगाएको बेला तथा टर्की, युएई, लेबनान, इराक, जोर्डन जस्ता धेरै मुस्लिम देशहरूले मस्जिद बन्द गरेको बेला पाकिस्तानले सबै खुल्ला राखेको छ ।
राष्ट्रिय टेलिभिजनमा कोरोनाभाइरसको उपचारको बारेमा झूट फैलाउने मौलवीहरू विरुद्ध कुनै कारबाही भइरहेको छैन् । प्रख्यात धर्मगुरु मुहम्मद ताकी उस्मानीले राष्ट्रिय टिभीमा भनेका थिए कि पैगम्बर मुहम्मदले सपनामा आइ कुरानको केही मन्त्रहरुको वाचन गरेमा कोरोनाको संक्रमण नहुने बताएका थिए ।