धुम्रपान गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी : विश्व स्वास्थ्य सङ्गठन
विश्व स्वास्थ्य सङ्गठनले धूम्रपान गर्नेहरुमा कोरोना भाइरसको उच्च जोखिममा रहने बताएको छ ।
चुरोट, बिँडीका कारण शरीरमा अक्सिजनको मात्रा कम हुने वा शरीरको क्षमता बढाउने शक्ति कम हुने हुँदा त्यस्ता व्यक्तिलाई निमोनिया जस्ता फोक्सोको गम्भीर समस्याको जोखिम हुने जनाइएको छ ।
धूम्रपानले फोक्सोको क्षमता कमजोर हुने हुँदा यसले कोरोना भाइरसलाई फैसाउन मद्दत गर्ने हुँदा अाजैबाट यी कुलत त्यागेमा पनि कारोना जस्ता सरुवा रोगबाट बच्च सकिने चिकित्सकहरु बताउँछन् ।