सरकारको कार्यशैली सुस्त : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिस्थिति प्रतिकुल बन्दै गएपनि सरकारको प्रभावकारिता कम भएको बताएका छन्। श्रमजीवी तथा विपन्न वर्गमा दैनिक गुजारा चलाउनसमेत कठिन भएकोले तत्काल राहत प्याकेज ल्याउन उनले सरकारसँग माग गरे।
दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरुको भण्डारण, उपचारमा संलग्न चिकित्सकको सुरक्षामा ध्यान पुर्याउन उनले आग्रह गरेका छन्। मेडिकल सुरक्षा उपकरणको पर्याप्त व्यवस्थापन र जटिल परिस्थितीको सामना गर्ने गरि कार्ययोजना बनाउन सिंहले सरकारसँग आग्रह गरे।
नेता सिंहले सरकारको कार्यशैली हल्का सुस्त देखिएको भन्दै जोखिमबाट बच्न प्रभावकारी कार्ययोजना ल्याउन माग गरेका छन्। विदेशस्थित नेपालीहरुको अवस्था र सुरक्षाका लागि समेत दूतावासहरुलाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन्।
कष्टपूर्ण समयमा लकडाउनको विकल्प नभएकाले कुनै समस्या परे सम्पर्क गर्न समेत सर्वसाधारणलाई उनले आग्रह गरेका छन्।