चीनबाट आएको स्वास्थ्य सामग्री सातवटै प्रदेशमा बितरण गरिँदै
कोरोना भाइरस विरुद्ध अत्यावश्यक चिकित्सा सामग्री चीनबाट नेपाल आइपुगेको छ।
व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहित अत्यावश्यक सामग्रीको लिएर नेपाल वायु सेवा निगमको जहाज चीनको ग्वान्झाउबाट आइतबार बिहान काठमाडौँ अबतरण गरेको हो।
चीनको सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिईसहितका अत्यावश्यक चिकित्सा सामग्रीसहितको विमान अवतरण भएको हो।
विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरुप प्रदान गरेका मास्कसहितका १२.६६ टन सुरक्षात्मक सामग्रीसमेत रहेको छ।