News

अन्तत: अर्थमन्त्री डा. खतिवडाद्वारा राजीनामा

अन्तत: अर्थमन्त्री डा. खतिवडाद्वारा राजीनामा

काठमाडौं । सञ्चारमन्त्रीको समेत भूमिका रहेका अर्थमन्त्री डा युवराज खतिवडाले अन्तत: मंगलबार पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रियसभा सदस्यमध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि आज मंगलबार सकिँदैछ । गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाकाे पदावधि सकिएकाेले पदबाट राजीनामा दिएका हुन् ।


१९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

राष्ट्रियसभामा अर्थमन्त्री डा. खतिवडाकाे कार्यकाल सकिएकाे उनले राजिनामा दिएकाे संघीय संसदको सचिवालयले जनाएको छ। तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । भोलि ६ महिनाका लागि अर्थमन्त्री पुनःनियुक्त गर्ने तयारी छ ।

सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

खतिवडा मन्त्रीमा कायमै रहेको अवस्थामा नयाँ आर्थिक वर्षको बजेट पनि ल्याउनेछन्। मन्त्री खतिवडा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे सिफारिसमा मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा आएका थिए।

प्रधानमन्त्री केपी ओलीको चाहानाविपरित नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले खतिवडालाई थप ६ महिनाका लागि मन्त्रीमा पुनःनियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गरेको बुझिएको छ ।

विशेष