खतिवडाले राजीनामा दिएपछि कसले सम्हाल्याे अर्थ र सञ्चार मन्त्रालयकाे जिम्मेवारी?
काठमाडाैँ । डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि खाली मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन् ।
राजीनामा स्वीकृतपछि उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्ने भएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी प्रेस विज्ञप्तिमा दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको जनाइएको छ ।