News

चीनिँयाहरु माथि लम्गुङ्गबासीको आक्रोशको अन्तर्य

चीनिँयाहरु माथि लम्गुङ्गबासीको आक्रोशको अन्तर्य

कोरोना भाईरस चीनको वुहानमै उत्पति भई संसारभर फैलिएको तथ्य अब निर्विवादित छ । २०१९ को नोभेम्वर महिना तिरै कोरोना भाईरसबारे पत्ता लागिसकेको थियो । यद्यपि चीनिँयाहरुको विदेश आवागमन करीव करीव मार्चको पहिलो हप्तासम्म जारी नै रह्यो । उनीहरु नेपाल आउने क्रम पनि जारी नै रह्यो । कोरोनाको प्रसार शुरु भएर चीनमा हजारौं मानिसहरु संक्रमित भईसकेपश्चात पनि चीनियाँ नागरिक निर्बाध रुपले नेपाल आउने जाने क्रम जारी राखे । कोरोना फैलिएपछि पनि नेपालको विभिन्न परियोजनाहरुमा कार्यरत चीनियाँ नागरिकहरु नयाँ बर्ष मनाउन चीन गए र कोरोना प्रसार उच्चत्तम बिन्दूमा पुगेको बेलासमेत नेपाल फर्केर आए ।

पोखरा विमानस्थलको निर्माणमा खटिएका कर्मचारीहरु यसको सबसे ठुलो उद्दाहरण हुन् । उनीहरु नयाँ बर्ष मनाउन चीन गई फर्केका आएका थिए र फर्किने वितिक्कै क्वारेन्टाईनमा नबसिकनै काम शुरु गरेका थिए । उनीहरुमध्ये केहीलाई ज्वरो आएपछि सँगै काम गर्ने नेपाली कर्मचारीहरुले विरोध गरे । त्यसपश्चात मात्र उनीहरु काम रोकी क्वारेन्टाइनमा बसेका थिए । 

त्यसैगरी, लम्जुङ्कको न्यादी जलविद्युत आयोजनालगायत थुप्रै अन्य आयोजनामा कामको नाममा कोरोना प्रसारण्को दौरान नै चीनीयाँहरु नेपाल आए । आयोजनाहरुवरीपरीका वासिन्दाहरुमा चीनियाँहरुको आवागमनबाट कोरोना फैलिने त्रास बढ्यो । तर पनि सरकारले यसबारे कुनै कदम चालेन । तर लकडाउन पछि पनि चीनियाँहरुको आवागमन नरोकिएपछि स्थानीयहरुको त्रास आक्रोशमा वदलियो । फलस्वरुप सोमबार लम्मुङ्गमा अप्रिय घटना हुनपुग्यो । स्थानीय वासिन्दा र चीनिँयाहरुबीचको सोहाद्रता भंग भयो र उनीहरुबीच झडपको स्थिति समेत बन्यो । लमजुङ जिल्लाको मस्र्याङ्गदी गाउँपालिका वडा नं ६ ठूलोबेसीस्थित न्यादी हाईड्रोपावरमा कार्यरत चिनियाँ नागरिकहरुले लकडाउनको बेला पनि गाँउ हुँदै निर्माण सामग्री ल्याउन खोज्दा झडपको अवस्था आयो । 

स्थानीय जनप्रतिनिधी डिलमाया थापाका अनुसार हाईड्रोपावरलाई आवश्यक सामाग्री लिएर दुई ट्रक आएपछि गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चीनियाँहरु कुटपीटमा उत्रे । स्थानीयले कोरोना फैलिने डरले गाँउमा अपरिचित नछिरुन भनी गाँउको नाकामा लगाएको तार जाली समेत उनीहरुले फुटाए । आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीँयाहरुले भने सामाग्री ल्याएपछि उनीहरुमा आक्रोश बढ्यो । लकडाउनका समयमा पनि आयोजनाको काम नरोकी चीनियाँहरुले जवर्जस्ती गर्न खोजेपछि झडप हुन पुग्यो । झडपपश्चात पनि  नियन्त्रित हुनुको साटो स्थानियहरुको प्रतिकार गर्न फिल्मी शैलीमा चीनिँयाहरु हतियार सहित नै आएपछि स्थिति नियन्त्रण गर्न प्रहरी नै परिचालित गर्नुपरेको थियो ।

पछिल्लो बर्ष चीनको तिब्बतको ताक्लाकोटमा एक नेपाली कमदारले तिब्बती महिलाको हत्या गरेपछि त्यहाँ कार्यरत सबै ५ सय कामदारलाई ट्रकमा हालेर एकैपटक नेपाल फिर्ता पठाइएको थियो । एकजना नेपालीले विदेशमा अपराध गर्दा सबै कार्यरत नेपाली नागरिकले त्यसको साजाय भोग्नु परेको थियो । यो तथ्य पनि स्थानीय जनताले विर्सन सकेका थिएनन् । त्यहीभएर होला अहिले स्थानीयहरु सबै चीनिँयाप्रति नै क्रुद्ध छन् ।

चीनिँयाहरुले हतियारसहित नेपालीहरु माथि आईलागेको लम्जुङ्गको यो घटना पहिलो भने होइन् । यसअघि पनि उनीहरुले यस्तो घटना दोहो¥याइसकेका छन् । अपराध गर्ने, अत्याचार गर्ने र नेपालीले बोलपछि उल्टै जाइलाग्ने उनीहरुको आदत जस्तै बनेको छ । 
  
यसअघि गत फागुन २९ मा नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्दा ४ जना चिनियाँ नागरिकहरु पक्राउ परेका थिए । काठमाडौँको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई दादागरी शैलीमा खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको अभिलेखमा उल्लेख छ ।  ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँहरुले नेपाली होटल व्यवसायीसँग विवाद गरेका थिए । विवादले झगडाको रुप लिएपछि चिनियाँहरुले नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोजेका थिए । नयाँ बर्षको छुटटी मनाएर नेपाल पर्किएका ती चीनिँया व्यवासायीहरुले ग्राहकको विषयलाई लिएर विवाद गरेका थिए ।

तर यसमा दोष जति सबै आम चीनियाँ नागरिकको मात्र होइन । मुखिया जे गर्छन त्यहीँ नै अरुले सिक्ने हुन् । नेपालस्थित चीनिँया राजदूत यान्छी होउले नै प्रेस वकतव्य जारी गरी काठमाडौं पोष्टका सम्पादक अनुप काफ्लेमाथि कारवाही गर्ने धम्की दिएकी थिइन् । यान्छी एक समाचारको विषयलाई मुद्दा बनाउदै सम्पादक माथि नै जाइलागेकी थिइन् । उनले नेपालमा चीनिँया व्यवस्थामा झै प्रेस नियन्त्रण गर्ने प्रत्यत्न गरेकी हुन् । 

तर यसरी चीनिँयाहरुले नेपालमा अत्याचार बढाँउदै लादाँ कालान्तरमा यसले उग्र रुप लिदै जाने र यसले नेपाल तथा चीनबीचको सौह्राद्रपुर्ण सम्वन्धमा नै असर पर्ने हुँदा सबै सरोकारबालाहरु समयमा नै सचेत हुन जरुरी छ ।

विशेष