विदेश

पश्चिम अफगानिस्तानमा छ तालिबान लडाकूद्धारा आत्मसमर्पण

पश्चिम अफगानिस्तानमा छ तालिबान लडाकूद्धारा आत्मसमर्पण

काठमाडाैँ । अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसको प्रान्तीय राजधानी कला ए नाउमा सोमबार छ जना तालिबानी लडाकूले आत्मसमर्पण गरेका प्रान्तीय गभर्नरका प्रवक्ता निजामिदिन बुर्हानीले मङ्गलबार बताउनु भएको छ । 

तालिबानका कमान्डर शरीफको नेतृत्वमा रहेका ती पूर्व आतंककारीहरू विगत दुई वर्षदेखि अब कमारी जिल्लामा सरकारविरोधी गतिविधिमा संलग्न रहदै आएका थिए । उनीहरूले आफूसँग रहेको हातहतियार प्रहरीलाई सोमबार बुझाए र प्रान्तमा शान्ति स्थापनाका लागि काम गर्ने वाचा गरेका समाचारमा जनाइएको छ । 

संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच गत शनिबार अर्थात फेबु्रअरी २९ का दिन शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । 

सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी समूहका नेताहरू बतारको राजधानीमा पुगेका थिए । सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ ।
 
सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ आठ हजार ६०० सैनिकलाई आगामी १३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्नेछ,” विज्ञप्तिमा भनिएको छ । 

सम्झौता अनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ । दोहा सम्झौताले विगत १८ वर्षदेखि अफगानिस्तानमा तैनाथ भै लड्दै आएका हजारौँ अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ । अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिवान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ । रासस

विशेष