News विदेश

भुटानमा पनि २१ दिन ‘लकडाउन’

भुटानमा पनि २१ दिन ‘लकडाउन’

भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । २१ दिने लकडाउन मंगलवारदेखी लागु हुने भएको छ। 

भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै  २१ दिने लकडाउन घोषणा गरिएको हो । भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए ।

ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए । उनी भारतको आसामको समेत भ्रमण गरेर भुटान आएका थिए ।

विशेष