विदेश

बेलायतका ५५ वर्षीय प्रधानमन्त्रीले गरे ३१ वर्षीया गर्लफ्रेन्डसँग इन्गेजमेन्ट

बेलायतका ५५ वर्षीय प्रधानमन्त्रीले गरे ३१ वर्षीया गर्लफ्रेन्डसँग इन्गेजमेन्ट

एजेन्सीः बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इन्गेजमेन्ट गरेका छन् । प्रधानमन्त्री बोरिसले शनिबार इन्स्टाग्राममार्फत आफूहरूको इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन् । उनीहरू यसै वर्षको ग्रीष्मकालीन समयमा आमाबाबु बन्न लागेको पनि उल्लेख गरेका छन्।

यो घोषणासँगै जोनसन आफ्नो कार्यकालमा पारपाचुके गर्ने तथा बिहे गर्ने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् ।

जोनसनको पत्नी भारतीय मूलकी मारिना ह्विल हुन्। उनीहरूको सम्बन्ध विच्छेदको अवस्थाम अन्तिम चरणमा पुगेको छ । 

प्रधानमन्त्री बनेपछि ५५ वर्षीय जोनसन र उनकी गर्नफ्रेन्ड ३१ वर्षीया साइमन्ड २०१९ जुलाईदेखि डाउनिङ स्ट्रिटमा बसिरहेका छन्।  

इन्गेजमेन्ट केरी साइमन्ड

विशेष