News

ढुक्क हुनुहोस्, उपचार सकिएलगत्तै काममा फर्किन्छु: प्रधानमन्त्री

ढुक्क हुनुहोस्, उपचार सकिएलगत्तै काममा फर्किन्छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्वतयारी स्वरूप प्रधानमन्त्री ओली सोमबार बेलुकी ६ बजे भर्ना भएका हुन् ।

उनलाई त्रिवि शिक्षण अस्पताल ‘एनेक्स टु’ भवनमा रहेको भीभीआईपी कक्षको ६०१ नम्बरको क्याबिनमा भर्ना गरिएको छ । भर्ना हुनुअघि पत्रकारमाझ मुस्कुराउँदै अस्पतालको क्याबिनतर्फ लागेका उनले सम्पूर्ण नागरिकलाई ढुक्क हुन आग्रह गर्दै उपचार प्रक्रिया सकिएलगत्तै काममा फर्किने बताएका छन् ।

भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन । 

केपी ओली

विशेष