घरमा केराको बोट रोप्नुका ५ चमत्कारी लाभ
केराको बोटलाई धार्मिक हिसाबले पवित्र मानिन्छ । केहि धार्मिक कार्यमा यसको प्रयोग पनि गर्ने गरिन्छ । भगवान बिष्णु र माता लक्ष्मीकली केराको भोग पनि लगाउने गरिन्छ । केराका बोटका ५ चमत्कारी लाभ
बैज्ञानिक परिचय
केरामा मुख्यतया: भिटामिन ए, भिटामिन सी, थाइमिन, राइबो-फ्लेविन, नियासिन तथा अन्य खनिज तत्व पाइन्छ। यसमा पानीको भाग ६४.३ प्रतिशत, प्रोटिन १.३ प्रतिशत,कार्बोहाईड्रेट २४.७ प्रतिशत हुन्छ।
आयुर्वेदिक लाभ
केरा हरेक मौसममा सजिलै पाइने पौष्टिकयुक्त तथा स्वादिष्ट फल हो । केरा रोचक, मधुर र नेत्रदोषमा लाभकारी छ । पाकेको केराको नियमित सेवनले शरीरमा धेरै फाइदा पुग्छ। यसले कफ, रक्तपितजस्ता समस्यालाई जरैदेखि नष्ट गर्छ।
वास्तु टिप्स
घरको मुख्य धोका र पछाडीको भागमा केराको बोट रोप्नु हुँदैन। केराको बोट वरपर सफा राख्नु पर्छ। केराको बोटमा रातो धागोले बाँधेमा लाभ मिल्छ।
धार्मिक एवम ज्योतिषीय लाभ
भनिन्छ, केरामा साक्षात बिष्णु र लक्ष्मीको वास हुन्छ। आउनुहोस जानिराखौं केराको बोटका ५ प्रमुख धार्मिक र ज्योतिषीय लाभ
१.पारिवारिक समृद्धि हुन्छ
२.सुख समृद्धिका लागि केराको बोटको पूजा गर्नुलाई राम्रो मानिन्छ।
३.केराको बोट घरमा लगाउनाले बृहस्पति ग्रहको शुभ फल मिल्छ।
४.यसले बैवाहिक जीवनमा देखिएको समस्याको समाधान गर्न सहयोग गर्छ। साथै घरमा केराको बोट लगाउनाले अविवाहित कन्याको शिघ्र विवाह हुने पनि मान्यता रहेको छ।
५.उच्च शिक्षा र ज्ञान प्राप्तिका लागि यो बोट सहायक सिद्ध हुन्छ। किनकी यसबाट लगातार शान्तिमय र सकारात्मक उर्जा प्राप्त भईरहन्छ।
केराको बोट