चिनियाँको हुल गाउँ पसेपछि कोरोना सर्ने सन्त्रासमा मर्स्याङ्दीबासी

लमजुङः न्यादी जलविद्युत् आयोजनाका चिनियाँ कामदार त्रिभुवन विमानस्थल हुँदै सोझै लमजुङ आएपछि मर्स्याङ्दी गाउँपालिकाका बासिन्दा त्रसित भएका छन्।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट सतर्क रहन चेतावनी दिइरहेका बेला चिनियाँ सोझै आयोजना स्थल आएपछि त्रास फैलिएको हो।
निर्माणाधीन ३० मेगावाटको आयोजनामा ३८ चिनियाँ आयोजनास्थल पुगको हुन्। आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भने, ‘उनीहरूले नेपाल आउनुअघि चीनमै ४८ घण्टा स्वास्थ्य निगरानी गरिएको बताएका छन्।’ यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नवीनराज कुइँकेलले लेखेका छन्।
लमजुङ मर्स्याङ्दीबासी