कोरोना भाइरसको जोखिम रोक्न याे वर्ष होली नमनाउन सरकारको आग्रह

कोरोना भाइरसको जोखिम रोक्न याे वर्ष होली नमनाउन सरकारको आग्रह

काठमाडौंः कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले यो वर्ष होली पर्व नमनाउन आग्रह गरेको छ । सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरे । 

उनले यस वर्षको होली उत्सव नमनाउन र ठूला जमघट नगर्न आग्रह गरे । कोरोनाको सम्भावित संक्रमण रोकथामका लागि सरकार गम्भीर बनेको भन्दै उनले नागरिकहरुलाई भरसक भीड हुने कार्यक्रम नगर्न, सहभागी नहुन अनुरोध गरे । उनले भने, ‘भीडभाड हुने गरी कुनै काम नगरौं । सकभर भीड हुने कामबाट टाढै बसौँ । यसपटक होली पनि नमनाऔं ।’

उनले विवाहजस्ता उत्सवलाई पनि आफ्नो पारिवारिक विषय मात्रै बनाउन र ठूला भेला, भोजभतेर नगर्न आग्रह गरे । नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै उनले हुनसक्ने संक्रमणबाट जोगाउनका लागि सबै सचेत बन्नुपर्ने बताए । जोखिम बढ्न नदिन सरकारले विभिन्न कदम चालिरहेको उनको भनाइ थियो ।

उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीहरु सम्मिलित कोरोना भाइरस रोकथाम समन्वय समिति गठन गरेको र मुख्य सचिवको नेतृत्वमा स्टेरिङ कमिटी तथा प्रधामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीको संयोजकत्वम वर्किङ टिमले यसका लागि काम गरिरहेको जानकारी पनि दिए । विदेशी पर्यटकलाइ अन–अराइभल भिसा स्थगित गरेको र कोरोना प्रभावित देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई एनओसी (नो अब्जेक्सन लेटर) जारी गर्न रोक लगाएको पनि बताए । 

कोरोना भाइरस प्रदीपकुमार ज्ञवाली होली पर्व

संम्बधित खबर

विशेष