News

थरूहटको आम हड्तालले बर्दिया जिल्लाको जनजीवन प्रभावित

थरूहटको आम हड्तालले बर्दिया जिल्लाको जनजीवन प्रभावित

बर्दिया । थरूहट थारूवान राष्ट्रिय मोर्चाको दुई दिने आम हड्तालका कारण बर्दिया जिल्लाको जनजीवन प्रभावित भएको छ ।

संविधान संशोधन, थारुहरुका लागि विशेष क्षेत्र समेटिएको प्रदेश तथा समावेसी प्रतिनिधित्वको सुनिश्चितता माग गर्दै आएका थारुहरुले सरकार माग सुनुवाईका लागि तयार नभएको भन्दै आम हडतालको घोषणा गरेका हुन्। 

बन्दका कारण बर्दियाबाट सञ्चालन हुने लामो तथा छोटो दुरिका सवारी साधनहरू सञ्चालन हुन सकेका छैनन भने विद्यालय र बजारहरू समेत पूर्णरूपमा ठप्प रहेका छन् । सदरमुकाम लगायत मधुवन, भुरिगाउ, राजापुर, बासगढिमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

थरूहट थारूवान राष्ट्रिय माेर्चाले सरकारसँग ०६५ चैत्र १ गते र ०६९ जेष्ट १० गते भएकाे १० बुँदे सहमति कार्यान्वयन नगरेकाे भन्दै बन्द-हड्तालमा उत्रिनुपरेकाे जनाएकाे छ ।


 

थरुहट बन्द

विशेष