News

चाणक्य नीतिः यी २ गल्ती गर्ने पुरुषको अन्त्य छिट्टै हुन्छ

चाणक्य नीतिः यी २ गल्ती गर्ने पुरुषको अन्त्य छिट्टै हुन्छ

चाणक्य नीतिको १२ औँ अध्यायको १६ औँ श्लोकमा २ गल्तीहरुको बारेमा बताइएको छ । जुन गल्ती गरे कुनै पनि मानिसको जीवन पूर्णरुपले पतन हुन्छ । चाणक्य नीतिमा आचार्य कौटिल्यले भनेका छन्, 'हरेक मानिसहरु यी २ गल्तीबाट बच्नुपर्छ । जो मानिस बिना सोच, विचार र थोरै समयको सुखको पछि लागेर कुनै पनि काम गर्छ, ती व्यक्तिहरु सम्हालेर रहनुपर्छ ।'

अनालोच्य व्ययं कर्ता चानाथः कलहप्रियः।
आर्तः स्त्रीहसर्वक्षेत्रेषु नरः शीघ्रं विनश्यति।।१९।।

चाणक्य नीतिको यस श्लोकमा भनिएको छ– सधै सोच, विचार गरेर कुनै पनि काम गर्नुपर्छ । चाणक्य नीतिका अनुसार बिना सोच, विचार खर्च गर्ने अनाथ बन्छ, अर्थात एक समयपछि यस्तो मानिसलाई अरुले साथ दिँदैनन् । यस्ता मानिसको धेरै समय एक्लै बित्छ ।

दोस्रो गल्तीको बारेमा चाणक्य नीतिमा भनिएको छ– झगडालु तथा सबै जातकी स्त्रीहरुलाई पाउने इच्छा राख्ने व्यक्तिको पनि चाडै पतन हुन्छ । यसको मतलब नचाहिदो खर्च गर्नेवाला जसको कोही पनि आफ्नो छैन, जो झगडालु स्वभावको छ र स्त्रीहरुको पछि लाग्छ, यस्तो व्यक्तिको शीघ्र नै पतन हुन्छ ।

चाणक्य नीति पुरुष

विशेष