News

अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा झुम्का जेल चलान

अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा झुम्का जेल चलान

काठमाडौँ । बलात्कारको आरोपित सिद्धबाबाका नामले परिचित कृष्णदास गिरि अदालतमा आत्मसमर्पण गरेसंगै जेल चलान भएका छन।

मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत सुनसरी पुगेका थिए । अदालत आउनासाथ उनलाई थुनुवा पूर्जी दिएर झुम्का जेल पठाईएको हो। 

कात्तिक ४ गते बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

यसअघि जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको थियो।

सिद्धबाबा जेल चलान

विशेष