News

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि हुने भएको छ ।  प्रधानमन्त्री ओलीको दोस्रो पटकको मृगौला प्रत्यारोपण महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा भोलि बिहान ९ बजेदेखि हुने भएको हो ।  

१३ वर्षअघि भारतको अपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोली पनि आइसकेको त्रिवि शिक्षण अस्पताल प्रशासनले जनाएको छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार मृगौला प्रत्यारोपणपछि बढीमा हप्ता दिनमा प्रधानमन्त्री ओली घर फर्किने छन् ।

अहिलेसम्म ८ सय व्यक्तिको सफल मृगौला प्रत्यारोण गरिएको बताउँदै डा. खड्काले बढीमा ७ दिनसम्म अस्पतालमा राखेर घर पठाउने गरिएको बताए । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शिक्षण अस्पतालमै गर्न पाउनु गौरवपूर्ण कुरा र अवसर भएको उनले बताएका छन्।  

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण डा. प्रेम ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा. ज्ञवालीको नेतृत्वमा १५ जना भन्दा धेरै चिकित्सकको टोली तयार गरिएको छ ।   

मृगौला प्रत्यारोपण केपी शर्मा ओली

विशेष