उचित मूल्य नपाउँदा बोटमै थन्किए किसानका सुपारी

उचित मूल्य नपाउँदा बोटमै थन्किए किसानका सुपारी

झापा । नेपालको सबैभन्दा धेरै सुपारी उत्पादन हुने झापामा यस वर्ष किसानको सुपारी बोटमै थन्किएका छन । उचित मूल्यको अभावमा यस बर्ष किसानको सुपारी बोटमै थन्किएको हो।  

झापामा यस बर्ष धेरै किसानको सुपारी विक्री हुन सकेको छैन । अन्य बर्ष फूलमै ठेक्का लगाउने व्यवसायीहरु यस बर्ष पाकेर झार्ने वेलासम्म खरिद गर्न नआएकोले सुपारी बगानमै रहला कि भन्ने चिन्तामा किसान रहेका छन । 

गत बर्ष प्रति केजी काँचो सुपारी ४० देखि ५० रुपयाँमा विक्री भए पनि यो बर्ष २५ देखि ३० रुपयाँ सम्म मात्र विक्री हुँदै आएको छ । यस बर्ष पुरानै सुपारी गोदाममा थन्किएकोले ठूला व्यापारीले सुपारी खरिदमा चासो नदिएका कारण काँचो सुपारीले बजार मूल्य पाउन नसकेको घरेलु प्रशोधन संचालक शम्भु राजबंशीले बताए । 

नेपालको सवै भन्दा धेरै ८० प्रतिशत सुपारी खेती हुने झापा जिल्लामा मात्रै सरदर बार्षिक ६८ हजार मेट्रिक टन काँचो सुपारी उत्पादन हुन्छ । 

 

सुपारी मूल्य

संम्बधित खबर

विशेष