News

कांग्रेसबाट विजयी वडाध्यक्ष बोहरा नेकपा प्रवेश

कांग्रेसबाट विजयी वडाध्यक्ष बोहरा नेकपा प्रवेश

बझाङः बझाङमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

सोमबार जिल्लाको वित्थडचिर गाउँपालीका–५ का वडाध्यक्ष करविर बोहरा नेकपामा प्रवेश गरेका हुन् । 

उनी नेकपाको सुदूरपश्चिम प्रदेशको कार्यक्रता भेलामा पार्टी प्रवेश गरेका वित्थडचिर गाँउपालिकाका अध्यक्ष प्रेम बोहराले बताए । उनलाई कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष ऐन महर लगायतले स्वागत गरेका थिए । कांग्रेसको भविष्य अन्धकार भएकाले आफू नेकपामा प्रवेश गरेको वडाध्यक्ष बोहराले बताए ।  

नेकपा बझाङ करविर बोहरा

विशेष