News

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। 

समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको डा. अरुण सायमीले  बताए।  ‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ओलीका निजी चिकित्सक डा. अरुण सायमीले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेको छ। प्रधानमन्त्रीले पिशाव पनि फेर्नुभएको छ।’

 ‘प्रत्यारोपणपछि प्रधानमन्त्रीले पिशाव पनि गर्नुभएको छ। अब टाँका लगाउने काम भइरहेको छ’, उनले भने  । ‘टाँका लगाइसकेपछि डेढ दुईघण्टामा होस आउँछ’ उनले भने । 

अब चिकित्सकहरुले नयाँ मिर्गौलाबारे तीन घण्टा पछाडिको अवस्था हेर्नेछन्। त्यसपछि तीन दिन र एक सातासम्म मिर्गौलाले अहिले जस्तै काम गरे ढुक्क हुने चिकित्सकहरुको भनाइ छ।  

विशेष