प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थाल्यो
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।
ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । उनलाई अहिले आईसीयूमा राखिएको छ ।
मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको डा. खड्काले जानकारी दिएका छन् ।