पोखरीमा डुबेर १३ बाँदर मरे

गोरखा । गोरखा नगरपालिका-९ लक्ष्मी बजारस्थित शिखर खोल डाँडामा निर्माणाधिन पोखरीमा डुबेर १३ वटा बाँदर मरेका छन् ।
दमकलका लागि पानी भर्न वडा कार्यालयले बनाउदै गरेको पोखरीमा डुबेर मंगलबार दिउँसो १३ वटा बाँदर मृत अवस्थामा फेला परेका हुन् । पानी खान पोखरीमा डुबेको बाँदर कराएपछि अरु बाँदर पनि पोखरीमा पसेको हुन सक्ने स्थानीयको अनुमान छ ।
तर केहि बाँदर भने कुकुरले लखेटेपछि भाग्ने क्रममा पोखरी पसेको स्थानीय गणेश थापाले बताए । पोखरीबाट बाहिर निस्किन नसक्दा सबै बाँदर मरेको उनले जानकारी दिए । पोखरीमा पानी नभएपनि केहि दिन अघि वर्षाका कारण पोखरी पानी जमेको थियो ।
स्थानीयले पोखरीबाट मृत अवस्थामा भेटिएका बाँदरको उद्धार गरेका छन ।
बाँदर पोखरी