कोरोना भाइरस: इरानमा ५४ हजारभन्दा बढी कैदी रिहा

एजेन्सी । धेरै चाप भएका कारागारहरूमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस भनेर इरानले ५४ हजार भन्दा बढी कैदीलाई तत्कालका लागि रिहा गरेको छ ।
इरानी न्यायपालिकाका प्रवक्ता घोलाम होसिन इस्माइलीले परीक्षणबाट कोरोना नभएको पुष्टि भएकाहरुलाई केही दिनका लागि छाडिएको बताए
पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका र सुरक्षासँग सम्बन्धित कैदीहरुलाई भने छाडिएको छैन ।
इरान कैदी रिहा