विदेश

पाकिस्तानी सेनाविरुद्ध जेनेभामा प्रदर्शन

पाकिस्तानी सेनाविरुद्ध जेनेभामा प्रदर्शन

काठमाडौँ । पाकिस्तानी अल्पसंख्यकले संयुक्त राष्ट्रसंघ मानवअधिकार समितिको ४३ औं सम्मेलनका चलिरहेका बेला पाकिस्तानी सेनाको हिंसाविरुद्ध प्रदर्शन गरेका छन् ।

‘ब्रोकन चेयर' मा गरिएको प्रदर्शनमा पाकिस्तानका सिन्धी, बलोच र पस्तुन समुदायका प्रदर्शनकारीको सहभागिता थियो । पाकिस्तानको सिन्धी, बलोच र पस्तुन समुदायले पाकिस्तानमा स्वतन्त्र राज्यको माग उठाइरहेका छन् । 

प्रदर्शनमा सहभागिहरुले पाकिस्तानी सेनाविरुद्ध नाराबाजी गरेका थिए । पछिल्ला दशकमा पाकिस्तानमा बलोचहरुको सामूहिक चिहान फेला पर्दै आएका छन् । पाकिस्तानी सेनाले बलोचहरुविरुद्ध ज्यादती गर्दै आएको बताइन्छ ।

प्रदर्शनकारीले पाकिस्तानी सेना र प्रधानमन्त्री इमरान खानविरुद्ध चर्को नारा लगाएका थिए । पस्तुन नेता मुस्तफा पस्तुनले प्रदर्शनलाई सम्बोधन गर्दै पाकिस्तानी सेना र सरकारले पस्तुनहरुमाथि ज्यादती गरेको आरोप लगाएका थिए । 

उनले पाकिस्तानी सेनाले आतंकवादलाई सहयोग गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफूहरुको रक्षा गर्न समेत आह्वान गरे । प्रदर्शनमा इटालीकी मानवअधिकारकर्मी फ्रान्सेस्काको समेत सहभागिता थियो ।

जेनेभा हिंसाविरुद्ध प्रदर्शन

विशेष