प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पशुपतिनाथ मन्दिरमा बिषेश पूजा

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भइरहँदा उनको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथ मन्दिरमा बिषेश पूजापाठ गरिएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पशुपतिमा २७ हजार रुपैयाँको रुद्राभिषेक र नवग्रह जाप सहितको विशेष पूजा गरिएको हो ।मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा पशुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा सहित अन्य शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपतिनाथमा बिषेश पूजापाठ गराउन लागेको पनि जानकारी दिए ।
पशुपतिनाथ प्रधानमन्त्री स्वास्थ्यलाभ पूजा