'हाम्रो देशमा तिम्रो कोरोना भाइरस चाहिन्न' भन्दै बेलायती समुहद्वारा चिनियाँ मुलका युवक कुटिए

एजेन्सी । चिनियाँ मुलका सिंगापुरका एक युवकमाथि सिंगापुरबाट आएका एक विद्यार्थीले आफूलाई बेलायती एक समुहले ‘हाम्रो देशमा तिम्रो कोरोना भाइरस चाहिन्न’ भन्दै कुटपिट गरेका छन ।
युनिभर्सिटी कलेज अफ लन्डमा अध्ययनरत २३ वर्षीय जोनाथन मोकले गत सोमबार अक्सफोर्ड स्ट्रिटमा हिँडिरहेका बेला आफूलाई हेरेर उक्त समूहले ‘कोरोना भाइरस’ भन्दै चिच्याएको र आफूले प्रतिकार गर्न खोज्दा तिनीहरूले बेस्सरी पिटेको बताएका छन्।
प्रहरीले जातीयताको द्वेष राखेर सो आक्रमण भएको र अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको जनाएको छ।
कुटपिट