News

प्रहरी नायब निरीक्षककै नक्कली प्रमाणपत्र

प्रहरी नायब निरीक्षककै नक्कली प्रमाणपत्र

काठमाडौंः नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र फेला परेको छ । उनले मगध विश्वविद्यालय बोधगया भारतबाट बी.कम. उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्र प्रमाणीकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएपछि सई कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

शान्ति विद्यागृह मावि लैनचौर काठमाडौंमा कार्यरत माध्यमिक शिक्षक तृतीय (शिक्षक) दिपकबाबु अर्यालविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी स्थायी शिक्षक सेवामा रहेको भन्दै मुद्दा दायर गरेको हो । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपाल प्रहरी नक्कली प्रमाणपत्र प्रहरी नायब निरीक्षक उत्तम कार्की

विशेष