News

सवारी आयात २० प्रतिशतले घट्यो

सवारी आयात २० प्रतिशतले घट्यो

काठमाडौँ । कसिलो मौद्रिक नीतिको कारण सवारी साधनको बिक्री घटेको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा साढे चार अर्ब रुपैयाँ कमका सवारी साधन आयात भएका छन् । 

भन्सार विभागका अनुसार यो वर्षको माघसम्म ५२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँका सवारी साधन तथा पार्टपुर्जा आयात भएका छन् ।पोहोर सोही अवधिमा ५६ अर्ब ९८ करोड ११ लाख रुपैयाँका सवारी आयात भएको थियो । यो तथ्याकं हेर्दा पोहोरको तुलनामा चार अर्ब ६३ करोड ३६ लाख रुपैयाँको सवारी साधन कम आयात भएको देखिन्छ ।

विगतमा खरिद गरेका सवारी साधनको मर्मत गर्न पार्टपुर्जा प्रर्याप्त आयात भए पनि सवारी साधनको आयात स्वाट्टै घटेको छ । अन्यको तुलनामा विद्युतीय सवारीको आयात भने बढेको छ । अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार सवारी खरिद गर्दा तिर्नुपर्ने डाउन पेमेन्टको सिमा ६५ बाट घटाएर ५० प्रतिशत र कर चुक्ताको प्रमाणपत्र पेस गर्नुपर्ने भएपछि सवारी किन्नेको संख्या घटेको छ ।

सवारी आयात २० प्रतिशत र सवारी बिक्री ५० प्रतिशत घटेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ । 

सवारी आयात

विशेष