News

भक्तपुरमा मानव कङ्काल भेटियो

भक्तपुरमा मानव कङ्काल भेटियो

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ ।

मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कङ्काल हो, भन्ने पहिचान हुन नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा सो कङ्काल पुरुषको भएको तथा कङ्काल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ । सो मानव कंकाल जग्गाको झाडी फाड्ने क्रममा भेटिएको हो । 

 

मानव कंकाल

विशेष