News

प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न १६ चिकित्सक

प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न १६ चिकित्सक

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेशमै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ६९ वर्षीय प्रधानमन्त्री ओलीको सफलतापूर्वक दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। यसअघि २०६४ सालमा भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा १६ जना चिकित्सक सहभागी थिए। शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले मिर्गौला प्रत्यारोपणको शल्यक्रियामा संलग्न सबै चिकित्सक र कर्मचारीलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा ६, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा ६, एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीमा ४ गरी १६ जना चिकित्सक सहभागी भएका थिए।

केपी शर्मा ओली मिर्गौला मिर्गौला प्रत्यारोपण चिकित्सक

विशेष