News

मास्क लुकाउने र बढी मूल्यमा बेच्नेलाई २ लाखसम्मको जरिवाना

मास्क लुकाउने र बढी मूल्यमा बेच्नेलाई २ लाखसम्मको जरिवाना

काठमाडौँ । बढी मूल्य लिएर मास्क बेचेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्‍न सर्जिकल सप्लायर्सहरुलाई जरिवाना गरेको छ ।

क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो । विभागले नेपाल केयर सर्जिकललाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ ङ को कसुरमा ३९(१) ख अनुसार कारबाही गरेको हो।

क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नले खरिद बिल देखाउन नसक्दा १० हजार जरिवना गरिएको विभागका अनुगमन शाखाका निर्देशक सागर मिश्रले जानकारी दिए।

विभागले मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारबाही र जरिवाना दुवै हुने बताएको छ। अनुगमनका क्रममा मेडिकल सप्लार्यसहरुले खरिद गरेकोमास्कको बिल लुकाउने र बिक्री गरेको बिल मात्रै देखाएको पाइएको थियो।
 

मास्क

विशेष